काठमाडौंँ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएर सिंहदरबार प्रवेश गर्ने कुरा सम्भव नभएको बताएकी छन् ।
उनले भनिन्,‘अब सिंहदरबारमा खड्गप्रसाद ओलीको प्रवेश त उहाँको जिन्दगीमा समाप्तै भयो । जनादेशलाई कुल्चिएको व्यक्तिलाई फेरि पनि जनताले मौका दिन्छन् भन्ने नै लाग्दैन् । खड्गप्रसाद ओली र उनका ७० करोडदेखि सबै प्रकरणहरु सिंहदरबारमा छिर्नु चाहीँ करिब करिब अब अन्तिम नै हो । अब सम्भव छैन त्यो कुरा, उनले भनिन् ।
उनले एमाले विधान महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिइन् । यो विचारविहीनहरुको व्यक्ति पूजा हो । अनि, व्यक्तिको शक्ति प्रदर्शन हो, अनि, व्यक्तिको शक्ति प्रदर्शन हो ।
त्यहाँ जम्मा भएका मान्छेहरुले कुनै विचार, विवेकको प्रयोग गरेका छन् जस्तो पनि लाग्दैन् । किनभने अग्ला अग्ला पुत्लाको प्रतिमा ठानेर, त्यसको मुनि होचो कदका मनुष्यरुपी मान्छेहरु नै निच्च हासेको देखिन्छ, झाक्रीले भनिन् ।