काठमाडौं ।
साउदी अरबका युवराज मोहम्मद बिन सलमान प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राजा सलमान बिन अब्दुलाजिजले आफ्ना छोरा तथा उत्तराधिकारी युवराज मोहम्मद बिन सलमानलाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी यसअघि रक्षामन्त्री थिए । राजा सलमानले आफ्ना दोस्रो छोरा राजकुमार खालिद बिन सलमानलाई रक्षामन्त्री बनाएका छन् । उनी यसअघि उपरक्षामन्त्री थिए ।
यो परिवर्तनमा अर्का छोरा राजकुमार अब्दुलाजिज बिन सलमानलाई ऊर्जा मन्त्री नियुक्त गरिएको छ । साउदी अरेबियाको आधिकारिक समाचार एजेन्सी हरुले मंगलबार एक शाही आदेश जारी गर्दै राजा सलमानले यो घोषणा गरेको जनाएको छ ।
यो आदेश अनुसार विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउद, वित्तमन्त्री मोहम्मद अल जदान र लगानी मन्त्री खालिद अल फलिह आफ्नो पुरानो पदमा कायम छन् ।















