बाजा गाजासहित पोखरा विमानस्थलमा पर्यटकलाई स्वागत (फोटोफिचर)

केन्द्रभाग मिडिया

पोखरा ।
४३ औं पर्यटन दिवशको अवसर पारेर आज पोखरा विमानस्थलमा पहिलो उडान मार्फत पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ ।पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषदको संयुक्त आयोजनामा मंगलबार विहान बाजागाजासहित पर्यटकलाई स्वागत गरिएको हो ।

कार्यक्रममा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख कासीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ खादा र प्रमाणपत्रसहित सम्मान गरे । उक्त अवसरमा पोखरामा रहेका विभिन्न पर्यटक सम्बद्ध संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानबाट पहिलो ओर्लने पर्यटक भारती पण्डे, दोस्रो स्पेनका नागरिक इर्न अर्टिज रोवियो र तेस्रो स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गरिएको हो ।

उनीहरुलाई प्रमाणपत्र प्रादन गरेर र खादा लगाइदिएर मन्त्री श्रेष्ठले स्वागत गरे । अध्यक्ष श्रेष्ठका अनुसार उनीहरु तीन जनासहित पहिलो उडान मार्फत पोखरा भित्रने पर्यटकका लागि विभिन्न प्याकेजमा छुटको व्यवस्था गरिएको छ ।

पर्यटन दिवशकै अवसर पारेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अबलोकन, अन्तरक्रिया कार्यक्रम र दिउँसो पोखराको राष्ट्रबैंक चोक स्थित पर्यटन बसपार्कमा बसमा यात्रा गरेर आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । यसका साथै पोखरा स्थिति विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर विश्व पर्यटन दिवश मनाउँदैछन् ।

  • ११ आश्विन २०७९, मंगलवार १०:३७ प्रकाशित