ताइवानी आकाशमा एकैदिन ३९ चिनियाँ लडाकु जहाज

केन्द्रभाग मिडिया

ताइपेई ।

ताइवानको आकाशमा एकै दिन ३९ चिनियाँ लडाकु जहाज उडेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको अनुसार हिजो (शनिबार) चीनले दिउँसो र राति गरी ३९ वटा लडाकु जहाज ताइवानको आकाशमा पठाएको हो।

गत शुक्रबारमात्रै जनवादी गणतन्त्र चीन स्थापना भएको उपलक्ष्यमा राष्ट्रिय दिवस मनाएको चीनले ताइवानको आकाशमा ३८ वटा लडाकु जहाज पठाएको थियो।

शनिबार दिउँसो २० र राति १९ वटा चिनियाँ लडाकु जहाज ताइवानको आकाशमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जानकारी दिएको छ। तीमध्ये धेरैजसो जे(१७ र सु(३० लडाकु जहाज थिए।

चिनियाँ लडाकु जहाज आएपछि आफ्नो मिसाइल प्रणालीबाट तिनको निगरानी गरेको ताइवानले जनाएको छ।ताइवानले चीनले तर्साउनका लागि यस्तो गरिरहेको भन्दै विरोध गर्दै आएको छ।

  • १७ आश्विन २०७८, आईतवार ०९:१० प्रकाशित