तीन करोडको लगानीमा खु्ल्यो ‘ब्लुज हाउस’ रेस्टुरेन्ट एन्ड बार

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको लेकसाइडमा नयाँ रेस्टुरेन्ट ‘ब्लुज हाउस’ सञ्चालनमा आएको छ । पोखरा ६ बैदाम निवासी युवा ब्यवसायीहरु ईश्वर बराल, मिलन गुरुङ, बुद्धि थापा, ईश्वर कुमार श्रेष्ठ, सरोज कुमार श्रेष्ठ र बद्री श्रेष्ठ हरुले सयुक्त रुपमा लगानी गरि गैह्राको चोतारामा उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

करिब तीन करोड रुपैयाँको लागतमा उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक मध्येका एक इश्वर बरालले जानकारी दिए । उनका अनुसार रेस्टुरेन्टमा २० जनालाई रोजगारी दिएको छ । ‘खाना र संगितको कला’ भन्ने आर्दशलाई आत्मसात गर्दै ब्यवसाय संचालनमा ल्याइएको उनले बताए ।

रेस्टुरेन्टको एक कार्यक्रमका बीच सोमबार पोखरा महानगर पालिका वडा नं ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराई र स्थानीय समाजसेवी राधादेवी बरालले सयुक्त रुपमा उद्धघाटन गरेका हुन । भट्टराईले नेपालमै केही गर्नुपर्छ भन्ने सोचले खोलेको रस्टुरेन्टको सफलताको शुभकामना व्यक्त गरे ।

स्थानीय युवाहरुले सुरुवात गरेको व्यवसायलाई स्थानीय बासिन्दाले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । खाना सँगै संगितको कला मार्फत ग्राहकलाई मनोरञ्जन दिने उदेश्यले रेस्टुरेन्टको आकृतिपनि त्यहि अनुरुप डिजाइन गरिएको अध्यक्ष बरालले जानकारी दिए । नेपाली र स्थानीय कला र संस्कृत झल्कने गरि बनाइएको रेस्टुरेन्टबाट साँझमा फेवा तालमा देखिने छाँया नै रेस्टुरेन्टको मुख्य विषेशता हो ।
समाजसेवी राधादेवी बरालले ‘युवाहरुको जोश जागर लाई उत्पादन क्षेत्रमा प्रयोग गर्ने सकेमा राष्ट्र समृद्धि तर्फ आगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।

अर्का सञ्चालक मिलन गुरुङले नेपाली युवाँहरुलाई नेपालमै स्वरोजगार हुन प्रेरित गर्ने उदेश्यले रस्टुरेन्ट सन्चालनमा ल्याएको बताए । भविष्यमा पोखराका अन्य ठाँउमा पनि साखा खोल्ने योजना रहेको उनले सुनाए । चाइनिज, इटालियन र कन्टिनेन्टल खानाको परिकारहरुको स्वाद लिन पाइने रेस्टुरेन्टमा सुभारम्भ तथा चाडपर्वको अवसरमा हरेक मेनुमा २० प्रतिशतसम्म छुट दिइने गुरुङले बताए ।

  • १० आश्विन २०७९, सोमबार १७:०६ प्रकाशित