काठमाडौं ।
नेपाली चलचित्रमा ‘हैट’थेगोले चर्चित अभिनेता बुद्धि तामाङले विवाह गर्ने भएका छन्। उनी भोलि ९शुक्रबार० तामाङ परम्पराअनुसार विवाह सम्बन्धमा गाँसिन लागेका हुन्।
उनले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेको बताइएको छ ।अनुसँग उनको मागी विवाह हुन लागेको हो। ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन्।
अभिनेता बुद्धिले साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोलेलगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन्।















