डेङ्गीबाट ज्यान गुमाउनेको संख्या २० पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा डेङ्गी सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २० जना पुगेको छ ।

देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिएका छन् । यस्तै अहिलेसम्म १६ हजार पाँच सय ८७ जनामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ ।

अहिलेसम्मको तथ्याङ्कअनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ६ सय चार जनामा संक्रमण पुष्टि भएको छ । काठमाण्डौमा चार हजार चार सय ५४ र भक्तपुरमा सात सय १३ जना गरी काठमाण्डौ उपत्यकामा डेङ्गी संक्रमितको संख्या नौ हजार सात सय ७१ पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार पाँच सय ९७ जनामा सङ्क्रमण देखिएको छ । दाङमा नौ सय ९४, रुपन्देहीमा ६ सय ५९, चितवनमा चार सय १०, गुल्मीमा दुई सय ९२, दार्चुलामा एक सय ८८ र काभ्रेमा एक सय ५२ जनामा सङ्क्रमण देखिएको छ ।

  • ३ आश्विन २०७९, सोमबार १५:०५ प्रकाशित