पोखराको सेवा हस्पिटलले भोलिदेखि डेंगु रोगको निःशुल्क परीक्षण गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

देशभर डेंगु संक्रमण बढ्न थालेपछि यसको न्युनिकरण र नियन्त्रणका लागि पोखराको कास्की सेवा अस्पतालले निशुल्क परीक्षण गर्ने भएको छ । अस्पतालले भदौ ३० गते अर्थात भोलिदेखि निशुल्क परीक्षण गर्ने जनाएको हो ।

आर्थिक अभावका कारण डेंगु रोग परीक्षण गर्न वञ्चित बिरामीलाई लक्ष्ति गरेर निशुल्क परीक्षण ल्याइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत युवराज आचार्य जानकारी दिए ।

निशुल्क परीक्षण गर्न रोगका लक्षण तथा सम्बन्धीत फिजिसियले अनिवार्य सिफारिस गर्नुपर्ने प्रमुख आचार्यले बताए । अस्पताले १ हजार बिरामीलाई आवश्यक किट उपलब्ध गराउने प्रशासकीय अधिकृत सुन्दर पोखरेलले बताए ।

अस्पतालमा डेंगु रोग परिक्षण गर्न १ हजार दुई रुपैया शुल्क लाग्ने गर्छ । अस्पतालले निशुल्क परीक्षण गरिदिने भएपछि सर्वसाधारणलाई राहत हुने भएको छ ।

  • २९ भाद्र २०७९, बुधबार ११:०७ प्रकाशित