डा. भट्टराईको टिप्पणी: खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले नेकपा (एमाले)को विधान महाधिवेशनलाई केवल खड्कप्रसाद (केपी ओली)को ‘कुम्भमेला’ भन्दै कटाक्ष गरेका छन् । त्यसलाई पनि उनले ‘निभ्ने बेला चम्किएको बत्ती’ भन्दै आलोचनात्मक टिप्पणी गरेका छन् ।

एमालेको जारी विधान महाधिवेशनबारे डा। भट्टराईले शनिबार बिहान एक ट्विट गर्दै भनेका छन्‚ ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो ।’

पूर्व प्रधानमन्त्री समेत रहेका डा। भट्टराईले थप भनेका छन्, ‘लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ।’

साथै एमाले अध्यक्ष ओलीको कार्यशैलीले कसैको हित नगर्ने उनको भनाइ छ । ‘नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्ततः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो,’ उनले भनेका छन् ।

  • १६ आश्विन २०७८, शनिबार १४:५९ प्रकाशित