लमजुङमा १० जनामा डेङ्गु संक्रमण

केन्द्रभाग मिडिया

लमजुङ ।

दुई जिल्लाबाहेक देशका ७५ वटा जिल्लामा डेङगु संक्रमण देखिएको छ । यसैबीच गण्डकी प्रदेश अन्तर्गतको जिल्ला लमजुङमा पनि डेङ्गुको संक्रमण बढ्दै गएको छ । लमजुङमा २ महिनामै १० जनामा संक्रमण देखिएको छ ।

गत वर्षभर लमजुङमा ८ जनामा मात्रै संक्रमण देखिएकोमा यसवर्षको दुई महिनामै १० जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल लमजुङमा अहिले २ जना उपचाररत छन् । एक जनामा स्क्रबटाइफससमेत देखिएको चिकित्सकले बताएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार साउनमा ६ जना र भदौमा ४ जनामा डेङ्गु संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा ९ जना र एक जना सुन्दरबजार स्थित नमुना सामुदायिक अस्पतालमा परीक्षण गर्दा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले जानकारी दिएका छन् ।

  • २८ भाद्र २०७९, मंगलवार ०९:२१ प्रकाशित