डेंगुबाट जोगिन पूरा बाहुला भएको लुगा लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो समय देशका अधिकांश जिल्लामा डुेंगु संक्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालयले सचेतना जारी गरेको छ ।मन्त्रालयले कर्मचारीहरु तथा सर्वसाधरण नागरिक सबैलाई पूरा बाहुला भएका पोशाक लगाउन आग्रह गरेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप बढेको भन्दै मन्त्रालयले त्यसबाट जोगिन पूरा बाहुला भएको पोशाक लगाउन आग्रह गरेको हो ।

मन्त्रालयले आज जारी गरेको सूचनामा लेखिएको छ, ‘डेंगु रोगको संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुन र कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा अनुरोध छ ।’

मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार मन्त्रालयले प्रतिकार्य योजना बनाइ विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । मन्त्रालयले डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा लामखुट्टेका लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाएको छ ।

  • २७ भाद्र २०७९, सोमबार १३:२७ प्रकाशित