महामन्त्री शर्मा अस्पताल भर्ना, आजै अपरेशन

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन्।

मिर्गौलामा पत्थरी भएपछि उनी शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्। उनको आज ११ बजे शल्यक्रिया (अपरेशन) गरिने छ। शर्माले आफु अस्वस्थ भएको भन्दै सामाजिक संजालमा पोष्ट गरेका थिए ।

चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि उनी अस्पताल भर्ना भएका हुन्।

  • २६ भाद्र २०७९, आईतवार ११:०५ प्रकाशित