काठमाडौं ।
नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै छन् ।
भारतीय स्थल सेनाध्यक्ष पाण्डेले दिउँसो ३ बजे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।त्यसअघि मंगलबार बिहान उनले माउन्टेन फ्लाइट गरेका छन् भने शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
साँझ उनी पशुपतिनाथको दर्शनमा जाने भएका छन्। भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए।













