पोखरा ।
नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी प्रदेश र प्रतिनिधि सभा दुवै तर्फ सिफारी भएका छन् ।
एमालेले प्रतिनिधिसभा सदस्यका तर्फ क्षेत्रनम्बर १ मा अधिकारीसहित १५ जना आकांक्षीको नामा सिफारीस गरेको छ । अधिकारी २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रकाट निर्वाचित भएका थिए । प्रतिनिधि सभाका लागि सिफारिस भएका अधिकारी कास्की २ ‘क’बाट प्रदेश सभामा सिफारिस भएका छन् ।
अधिकारीसहित दिलिप न्यौपाने, बैनबहादुर अधिकारी, कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योती ढुङ्गाना, मनबहादुर गुरुङ, बालासिंह काउछा मगर, हिमालय बख्रेल, पदमप्रसाद पौडेल, मिलन सुबेदी, शंकरनाथ पौडेल, उमा सिंह, रामराज अधिकारी र पुष्प अधिकारीलाई एमाले क्षेत्रीय कमिटिले जिल्ला कमिटिमा सिफारिस गरेको हो ।
पार्टी जिल्ला कमिटी अध्यक्ष मनबहादुर गुरुङ पनि दुवै तर्फ सिफारिस भएका छन् ।













