पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर–४ ले एक सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर वडाध्यक्ष देवकृष्ण पराजुलीले सय दिनका २३ उपलब्धि सार्वजनिक गरे ।
वडाध्यक्ष पराजुलीले वाडाको सेवालाई सहज बनाउने देखी विकास निर्माणका कामलाई प्राथमिकताका साथ अगाडी बढाइएको उक्त कार्यक्रममा जानकारी दिए ।
महिला, अपाङगता, जेष्ठनागरीक, बालबालिका, महिला स्वयंसेविका लगायतको क्षमता अभिबृद्धिका लागि कार्यक्रमहरु गरिएको पराजुलीले बताए ।
त्यस्तै सडक मर्मत तथा स्तरोन्नती, शहरी स्वास्थ्य केन्द्रलाई ४ लाख बरावरको औषधी तथा स्वास्थ्य सामाग्री खरिद, वडाभित्र रहेका मन्दिर मर्मत र तथा सम्भार, युवा स्वरोजगार सिपमुलक तालिम प्रदान गरिएको वडाले जनाएको छ ।

कार्यक्रमा वडा कार्यालय र हिमालय गार्डेन मिनि मार्केटद्धारा संयुक्त रुपमा संचालित सार्वजनिक सौचालयको उद्याटन गरिएको थियो ।
निजी क्षेत्रसंगको सहकार्यमा सर्वाजनिक सौचालय संचालन गर्ने महानगरको नीति अनुसार चिप्लेढुङगाको मुख्य बजार क्षेत्रमा हिमालय गार्डेनको निजी सौचालयलाई सार्वजनिक सौचालय बनाइएको हो ।

कार्यक्रममा वडानम्बर २ अध्यक्ष एवं महानगर कांग्रेस संसदीय दलका नेता दिवस मान प्रधानां, वडानम्बर ३ का अध्यक्ष प्रकाश मान उदाश र ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले शुभकामना मन्तब्य दिएका थिए । उनीहरुले जनताले दिएको जिम्मेवारीलाई गम्भिरतापूर्वक लिएर काम गर्नुपर्नेमा आफुहरु सचेत रहेको बताए ।













