नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधि सभा सदस्य उम्मेदवाका लागि सर्वसम्मत सिफारीस भएका छन् ।
झापा क्षेत्र नम्बर १ बाट शर्मा सर्वसम्मत सिफारिस भएका हुन् । क्षेत्रीय समितिको बिहिबारको बैठकले शर्मालाई एकल उम्मेदवारको रुपमा उम्मेदवार बनाएको हो ।
काठमाडौंबाट चुनाव लड्ने चर्चा चलिरहका शर्माले झापाबाटै लड्ने बताएका थिए । शर्मा यस पहिलेका दुइवटा चुनावमा पराजित भएका थिए ।













