नेपालमा शान्ति नचाहने विदेशी शक्ति केन्द्रहरु सलबलाई रहेका छन् : महासचिव गुरुङ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपालमा विदेशी शक्ति केन्द्रहरु सलबलाएको बताएका छन् । नेपालमा शान्ति र दिगो विकास नचाहने शक्ति केन्द्रहरु सलबलाएको उनको भनाइ छ ।

लमजुङको मध्यनेपाल नगरपालिकास्थित जनचेतना पुस्तकालयको स्वर्ण महोत्सव उदघाटन गर्दै गुरुङले मुलुक इष्ट इण्डिया कम्पनी र नेपालबीचको युद्धपछिकै ठुलो संकटमा रहेको बताए । उनले अहिलेको संकट समाधानका लागि सबै दलहरु एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।

राष्ट्र र राष्ट्रियता रहेमात्र राजनीति गर्ने अवस्था आउने भन्दै गुरुङले पहिला राष्ट्र जोगाउन सबै राष्ट्रवादी शक्तिहरु एकजुट हुन आवश्यक रहेको दोहोर्याए । अहिलेको अवस्थामा सर्वदलीय सरकार निर्माण गरेर भएपनि समाधान खोजिनुपर्नेमा उनको जोड थियो ।

  • १६ भाद्र २०७९, बिहीबार १२:३६ प्रकाशित