काठमाडौं ।
नेकपा एमालेको तर्फबाट सुदूरपश्चिम प्रदेश सभाका संसद रतन थापा नागरिक उन्मुक्ति पाटी प्रवेश गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले थापा, एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायतलाई स्वागत गरिन् ।
स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै थापालाई नेकपा एमालेले जिल्ला अध्यक्ष पदबाट हटाएको थियो ।













