बिचौलियाको कब्जामा रहेका महेन्द्रपुलका दुइ भवन महानगरले भत्काउने, वडाध्यक्ष मर्सानीले खोजे जनताको साथ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महनगरले महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय भवन भत्काइने भएको छ । ती भवनका भुइ तलामा व्यापार गदै आएका व्यवसायीलाई हट्न महानगरपालिकाले साउन १९ गते दोस्रो पटक ३५ दिने सूचना जारी गरी सकेको छ । भदौ २२ गते ती भवन भत्काइने पोखरा महानगर वडानम्बर ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए ।

निवर्तमान नगर प्रमुख मानबहादुर जिसी नेतृत्वको कार्यापालिका बैठकले १ चेत्र २०७५ मा ती भवन जिर्ण भएको भन्दै भत्काउने निर्णय गरेको थियो । जिसीको निर्णय वर्तमान नेतृत्वले कार्यान्वयन गर्न लागेको हो ।

ती दुइ भवनमा व्यापार व्यवसाय गर्नेले बर्षौ देखी भाडा नतिरेको महनगरले जनाएको छ । राजनीतिक दलहरुको आडमा अवैध तरिकाले व्यवसाय संचालन गदै आएका ती व्यवसायीलाई अहिलेसम्मको भाडा तिरेर उक्त स्थान खाली गर्न भनेको छ ।

ती भवनमा ३० वटा सटर छन् । ती सटरमा बस्ने व्यासायीले महानगरसंग गरेको कुनै संझौता पत्र पनि महानगरसंग छैन । ०७३ सालदेखि ती सडक भाडामा दिएको भए पनि सम्झौता पात्र अहिलेसम्म भेटिएको छैन । सटर कसले भाडामा लिएको हाे भन्ने प्रष्ट छैन । व्यवसायीले भाडा तिर्ने गरे पनि उक्त भाडावापतको रकम महानगरमा आएको छैन । बिचौलियाले सटर तेस्रो पक्षलाई भमडामा लगाएको महानगरको भनाइ छ । तर बिचौलिया को हो भन्नेमा महानगर अझै अन्योलमा छ ।

भवन भत्काएर उक्त स्थानमा पार्क र सार्वजनिक सौचालय बनाउने महानगरको योजना छ ।

ती भवन बिचौलियाले कब्जा गरेर आर्थिक हिनामिना गरेको मरासनीले बताए । पुराना जिर्ण भएका भवन भत्काएर पार्क बनाउदा पोखराको मुख्य बजार क्षेत्रको सुन्दरता पनि बढाउने उनले बताए । यसका लागि सहयोग गर्न मर्सानीले आग्रह गरे ।  स्थानीय जनताको माग अनुसारनै ती भवन भत्काउन लागिएको पनि उनले स्पष्ट पारे ।

पुस्तकालय र ग्यालरीलाई भने पृथ्वीचोकको ट्राफिक प्रहरीले बस्दै आएको स्थानमा नयाँ भवन बनाएर स्थाानान्तरण गरिने वडाध्यक्ष मर्सानीले जानकारी दिए ।

  • १६ भाद्र २०७९, बिहीबार ११:१७ प्रकाशित