काठमाडौं ।
एक्सनमा उत्रिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज काठमाडौं फनपार्कलाई अल्टिमेटम दिएका छन् । मेयर बालेन्द्रले २४ घण्टे अल्टिमेटम दिँदै कर तिर्न निर्देशन दिएका छन् ।
व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै महानगरपालिकाले २४ भित्र कर नतिरे बन्द गरिदिने चेतावनी दिएको हो ।समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर वर्षौंदेखि व्यवसाय गर्दै आएको फनपार्कले महानगरपालिकालाई तिर्न र बुझाउनुपर्ने कर तिरेको छैन ।
फनपार्कले काठमाडौं महानगरपालिकालाई व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाई वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएको महानगरपालिकाले जनाएको छ ।
व्यवसाय र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्ज कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गएर पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र तिर्न भनिएको छ ।
महानगरपालिकाले फनपार्कलाई तिर्न बाँकी सम्पूर्ण रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न भनेको छ ।













