जबराको आरोप : भने, ‘पूर्वप्रधानन्यायाधीशहरुले सर्वोच्चमा भाग खोज्छन् ’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

महाभियोग सिफारिस समितिलाई बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विभिन्न आरोपहरु लगाएका छन् ।

महाभियोग सिफारिस समितिको बुधबारको बैठकमा बयान दिने क्रममा जबराले पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्च अदालतमा भाग खोज्ने गरेको आरोप लगाएका छन् । उनले प्रधानन्यायाधीबाट निवृत्त भइसकेपछि पनि अदालत चलाउन खोजेको बताएका हुन् ।

‘रिटायर्ड भएपछि पनि उहाँहरूले विभिन्न कोणबाट न्यायपालिकामा डिक्टेट गर्न खोज्नुभयो । कर्मचारीमा आफ्नो अनुकूलता खोज्नुभयो,पूर्वप्रधानन्यायाधीशहरूले संरक्षक हौं भन्दै भाग खोज्छन् । कर्मचारीको सरुवा बढुवामा भाग खोज्छन् ।’ उनले भनेका छन्

  • १५ भाद्र २०७९, बुधबार १६:३७ प्रकाशित