कास्की १ बाट उम्मेदवार बन्न काँग्रेस महामन्त्री गगन थापाले दिए आवेदन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेस महामन्त्री गगन थापाले कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न आवेदन दिएका छन् । बुधबार थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिएका हुन् ।

उनले कांग्रेसको विधान २०१७ (संशोधनसहित)को परिच्छेद ८ को दफा ३० को उपदफा १ बमोजिम आवेदन दिएका हुन् । थापाले कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत निवेदन दर्ता गरेका हुन् ।

यसअघि काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ बाट चुनाव लड्दै आएका थिए । उनले बुधबार नै काठमाडौं–४ बाट पनि निर्वाचन लड्न आवेदन दर्ता गराएका छन् ।

कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बन्न सहमहामन्त्री जीवन परियारसहित १६ जनाको आवेदन परिसकेको छ ।

  • १५ भाद्र २०७९, बुधबार १५:३४ प्रकाशित