प्रचण्डको क्षेत्रमा कांग्रेसबाट ५ जनाले उम्मेदवारी दिने

केन्द्रभाग मिडिया

चितवन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ मा नेपाली कांग्रेसबाट ५ जनाले उम्मेदवारी दिने आकांक्षा राखेका छन् ।

पार्टीको क्षेत्रीय समितिले उम्मेदवारका लागि आवेदन माग गर्दा बुधबार दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङ, पूर्वसांसद रामकृष्ण घिमिरे, तारा पौडेल र विजय शर्मा भूसालले निवेदन दिएका छन् ।

उम्मेदवारको आकांक्षा राखेर नाम दर्ता गराउने समय साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नं। ३ बाट उठ्ने बताउँदै आएका छन् ।

  • १५ भाद्र २०७९, बुधबार १४:४८ प्रकाशित