धादिङ ।
विराटनगरबाट खानेतेल बोकेर काठमाडौँ जादै गरेको ट्रक दुर्घटनामा परेको छ ।
ना ५ ख ५९५५ नंको ट्रक आज विहान पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको हो ।सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडि पट्टि भागमा आगलागी भएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिन सफल हुदाँ मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













