पोखरा ।
पोखरा पर्यटन परिषदको अध्यक्षमा पोमनारायण श्रेष्ठ विजयी भएका छन् ।
परिषदको नयाँ नेतृत्व चयन गर्ने गरी विहीबार १२ औं अधिवेशन सम्पन्न भएको थियो । अध्यक्षमा श्रेष्ठ र रामचन्द्र शर्माले उम्मेदवारी दिएका थिए । श्रेष्ठले दोब्बर मतान्तरले जित निकालेका हुन् । पोमनारायणले २८ मत पाउदा रामचन्द्रले १४ मत पाए ।
पोमनारायण निर्वतमान कार्य समितिमा उपाध्यक्ष थिए भने रामचन्द्र महासचिव थिए । पर्यटन सम्बद्ध विभिन्न व्यवसायिक सस्थाबाट ४२ जना मतदानका लागि प्रतिनिधि सहभागी थिए ।
पोखराका पर्यटन परिषद् पर्यटन व्यवसायीहरुको छाता संगठन हो ।