आगामी वर्षदेखि सामसङ टिभी नेपालमै बन्ने

केन्द्रभाग मिडिया

नवलपरासी । खरानी पनि आयात गर्नुपर्ने देशको रुपमा चर्चा भएको नेपालमा आगामी वर्षदेखी भने सामसङ टिभी बन्ने भएको छ। आज नवलपरासीमा सामसङ टिभीको फ्याक्ट्रीको शिलान्यास भएपछि

अर्को वर्षदेखि सामसङ टिभी नेपालमै उत्पादन हुने भएको हो। कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नवलपरासीको भूमे रोडमा सामसङ टिभीको फ्याक्ट्रीको बुधबार शिलान्यास भएको हो ।

बुधबार नवलपारासीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले फ्याक्ट्रीको शिलान्यास गरे । सन् २०२३ मै सञ्चालनमा ल्याउन लागिएको फ्याक्ट्रीमा कुल ५० करोड लगानी हुने नेपाली साझेदार एवम् गोल्छा अर्गानाइजेसनका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

फ्याक्ट्रीको क्षमता दैनिक एक हजार टिभी उत्पादन गर्ने हुनेछ । नेपाली फ्याक्ट्रीमा ८५ इन्चसम्मका टिभी र त्यसको प्यानल समेत उत्पादन हुनेछ ।सामसङ दक्षिण कोरियाको प्रविधिकको सुपरभिजनमा सञ्चालनमा आउने फ्याक्ट्रीमा १५० जनाले तत्काल प्रत्यक्ष रोजगारी पाउने छन् ।

  • ८ भाद्र २०७९, बुधबार १५:०८ प्रकाशित