काठमाडौं ।
देशकै राजधानीमा फोहोर व्यवस्थापनमा दिनकै किचलो भएपछि सरकारले चासो देखाएको छ ।
सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि अनुगमन समिति बनाउने भएको छ। शहरी विकास मन्त्रालयले आयोजना गरेको बैठकमा शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौंको फोहोर व्यवस्थापन गर्न अनुगमन समिति बनाउने प्रस्ताव गरेका छन् ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न नियमित अनुगमन, सम्झौता कार्यान्वयन लगायत विषयमा सरोकार जिल्लाका सांसदहरु सम्मेलित अनुमगन समिति बनाउनु पर्ने प्रस्ताव मन्त्रालयले गरेको बैठकमा सहभागी एक प्रतिनिधिले बताए ।
स्थानीयवासिन्दाले तीन वटा जिल्ला प्रशासनसँग गरेको सहमति अनुसार ८ भदौमा म्याद सकिने भन्दै सम्झौता कार्यान्वनयको सुरुवात नभएको बताइरहँदा मन्त्रालयले उक्त क्षेत्रमा फेरि फोहोर फाल्न अवरोध हुन सक्नेतर्फ सचेत हुँदै अनुगमन समिति बनाउनेबारेमा छलफल अघि बढाएको हो ।
छलफलमा सहभागि एक प्रतिनिधिका अनुसार शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौंका सांसद समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई संयोजक बन्न प्रस्ताव गरेको बताइएको छ ।













