पोखरा ।
पोखरामा एटिएम मेसिन फोरी रकम चोर्न एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपुर, देवचुली नगरपालिका– ५ घर भइ हला पोखरा महागनर ३० बस्दै आएका अनिस तामाङ रहेका छन् ।
साउन ३ गते पोखरा महानगरपालिका–२७ अर्घौँचोकमा रहेको एनआइसी एसिया बैंकको एटिमए मेसीन फोर्ने प्रयास भएको र सोही दिन पोखरा–३० तालचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसीन फोरी रकम चोरी भएको थियो । एनएमबी बैैंकको एटिएम मेसिन फोरेर १५ लाख चोरी भएको थियो ।
यी दुवै घटनामा तामाङको संलग्नता रहेको कास्की प्रहरीले बताएको छ ।
दुबै घटना घटाउने व्यक्ति एउटै हुलिया भएको पाईएको सो घटनामा ग १० प २९६३ नम्बरको मोटरसाईकल र हेल्मेट समेत प्रयोग भएको देखिएको प्रहरीले जनाएको छ । प्रहरीको संयुक्त अनुसन्धान टोलीले भदौ २ गते रूपन्देही बेलहिया (नेपाल भारत सिमा नजिक) बाट भरत तर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
उनले प्रयोग गरेका मोटरसाइकल, मोबाइल फोन, हेल्मेल, एटिएम मेसिनमा पैसा राख्न प्रयोग हुने कालो बक्स बरामद गरेको छ ।
तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।