पोखरा ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउदै छिन् । पोखरामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति पोखरा आउन लागेकी हुन् । भण्डारी शैक्षिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिले भोलि विन्ध्यवासिनी मन्दिर दर्शन, विन्धवासीनी माविको हिरक जयन्तीको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । त्यस्तै राष्ट्रपति मंगलबार नै गुरुङहरुको ट्होटे पर्वको कार्यक्रममा सहभागि हुनेछिन् ।
राष्ट्रपति मंगलबार काठमाडौं फर्किने कार्यक्रम छ ।













