पोखरा ।
गण्डकीमा आइतबार थप १३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३६९ नमुना परिक्षण गर्दा थप संक्रमित पत्ता लागेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
सोही समयमा ५४ जना संक्रमण मुत्तः भएका छन् । हाल ६६७ जना संक्रमित रहेकोमा ६५८ जना होमआइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
सक्रिय संक्रमित मध्य कास्कीका सबैभन्दा धेरै २५२ जना छन् । गण्डकी प्रदेशका सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।














