पोखरामा गण्डकी प्रदेशको सर्वाधिक राशिको राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता हुने

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता हुने भएको छ । डेभिज् स्नुकर क्लबको आयोजनामा भाद्र १२ देखी १९ गतेसम्म प्रतियोगिता हुन लागेको हो । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता वारे जानकारी दिएको छ ।

गण्डकी प्रदेशकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता पोखरा–८ स्थित डेभिज् स्नुकर क्लवमा सञ्चालन हुने छ । स्नुकर खेलको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा देशभरका खेलाडीले सहभागिता जनाउने विलियार्ड स्नुकर तथा पुल संघले जनाएको छ ।

देशभरबाट १२८ भन्दा बढि खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने प्रतियोगिता संयोजक शंकर गुरुङले जानकारी दिए । देशका प्रमुख सहर काठमाडौं, बुटवल, हेटौडा, पोखरा लगायतमा जिल्लाबाट खेलाडी सहभागी हुने छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५१ ह्जार १ सय ११, द्वितीय हुनेलाई ७१ हजार १ सय ११ र सेमीफाईनल पुगेका दुई जनालाई जनही १५ हजार १ सय ११ प्रदान गरिने अध्यक्ष साईले बताए । त्यस्तै प्रतियोगिताका हाईएस्ट ब्रेकरलाई २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने गुरुङले बताए ।

खेल नकाउटका आधारमा खेलाईने हुने नेपाल विलियार्ड स्नुकर तथा पुल संघ र कास्कीका अध्यक्ष सागर कुमार शाहीले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करीब १८ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगर–९ का अध्यक्ष दिपेन्द्र मर्सानीले पोखरामा राष्ट्रिय स्तरको खेल प्रतियोगिता हुनु खुशीको कुरा रहेको बताए । वडाले प्रतियोगिता संचालनको लागि सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता गरे ।

यस्तै पृथ्वी राजमार्ग बस संचालक समितिका पूर्व अध्यक्ष ऐन कुमार शाहीले टोल समितिको अध्यक्ष भएको नाताले पनि आफ्नै टोलमा हुन लागेको प्रतियोगिता सफल बनाउनु आफ्नो दायित्व रहेको बताए ।

  • २९ श्रावण २०७९, आईतवार १५:१८ प्रकाशित