पोखरा।
इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । करिब सबा नौ बजेको समयमा मुग्लिन नजिकै ट्राक दुर्घटननामा परेको हो । इच्छाकामना गाउँपालिकाको नाग्दी खोला भन्ने ठाउँबाट ट्रक त्रिशूली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० नवराज अधिकारीका अनुसार त्रिशूलीमा खसेको
ट्रकको केही भाग टुक्रा परेर उछिट्टटिएका छन् भने ट्रकको थोरै भाग पानी बहिर देखिएको छ ।
अहिले प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्यक्रम लागेको जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए । ट्रक्रको नम्बर र कोको सवार थिए भन्नेपहिचान हुन सकेको छैन ।













