काबुलमा भएको विस्फोटमा तालिबानी नेताको मृत्यु

केन्द्रभाग मिडिया

काबुल ।

आत्मघाती एक विस्फोटमा तालिबानी नेताको ज्यान गएको छ ।

अफगानिस्तानको काबुलमा बिहीबार भएको विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको हो।

राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्‍यमले जनाएका छन् । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलावद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् ।

अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । यसमा परी १२० भन्दा बढी व्यक्ति मृत्यु र घाइते भएका छन् ।

  • २७ श्रावण २०७९, शुक्रबार १६:१६ प्रकाशित