बझाङ।
बझाङको बुङ्गल नगरपालिका–९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् ।
रारुका २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिए । हत्या कि आत्महत्या अझै खुलेको छैन ।
गएराति उनका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका थिए। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ ।













