मुस्ताङमा ‘टप अफ दि वर्ल्ड गल्फ च्यालेन्ज’ हुँदै

केन्द्रभाग मिडिया

मुस्ताङमा गल्फ कोर्ष प्रतियोगिता हुने भएको छ ।

लोमान्थाङमा ४ हजार ६३५ मिटर (१५ हजार २३९.५ फिट) उचाइमा निर्माण गरिएको गल्फ कोर्षमा प्रतियोगिता आयोजना गरिने आयोजक लोमान्थाङ युवा क्लबले जनाएको छ।

युवा क्लब र लोमान्थाङ गाउँपालिकाको संयुक्त आयोजनामा हुन लागेको गल्फ कोर्षमा टप अफ दि वर्ल्ड गल्फ च्यालेन्ज प्रतियोगिता भदौ ११ गते बाट हुने आयोजकले बताएको छ । काठमाडौं र पोखराबाट गरी २४ पुरुष र ४ महिला खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता तीन बाई चार स्टेवलफोर्ड र्फम्याटमा ९ होलमा खेलाइनेछ ।

विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्ष भारतको सिक्किममा छ । ३ हजार ९७० मिटर (१३ हजार २५ फिट) उचाइको सो कोर्षले कीर्तिमानी मान्यता पाएको छ । त्यो कीर्तिमान नेपालमा ल्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।यसले विश्वकै सबैभन्दा उच्चस्थानको गल्फ कोर्षको पहिचान पाउन बाँकी छ ।

  • २३ श्रावण २०७९, सोमबार १६:५६ प्रकाशित