पोखरा ।
नेपाल लोकतान्त्रिक खेलकुद संस्थाले नबौँ खेलकुद प्रतियोगिताको निर्धारित मिति उपयुक्त नभएको बताएको छ । शुक्रबार पोखरामा पात्रकार सम्मेलन गरि संघले दशै, तिहारका बेलामा खेलकुद प्रतियोगिता अयोजना गरिएकाले उक्त समय उपयुक्त नदेखिएको हुदाँ त्यसलाई परिमार्जन गर्नुपर्ने माग गरेको छ ।
सातै प्रदेशमा खेलकुदको लागि आवश्यक तयारी समेत नपुगेको, प्रशिक्षण, छनौट बिनै प्रतियोगिता आयोजना गरिएकोले यथेष्ट समयमा कार्यक्रम गर्नको लागि आवश्यक पूर्व तयारी गरिनुपर्ने संघका अध्यक्ष देवेन्द्र शेरचनले बताए ।
शेरचनले गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगितामा पूर्व खेलकर्मी र खेल सँग सम्बन्धीत संघसंस्थालाई कुनै भूमिका नदिएको गुनासो गरे ।
प्रतियोगितामा प्रदेशको एक जनालाई मात्र समेटेर उपसमितिको संयोजक तोकेकाले अझै खेलकुदमा केन्द्रीकृत मानसिकता हाबी भएको उनको भनाई थियो ।
यस्तै संघले खेल मैदानको सुरक्षा तथा खेलाडीहरुको सुरक्षामा ध्यान दिनुका साथै खेलाडीहरुको हकहितको सुनिश्चित गरिनुपर्ने, भौगोतिक अवस्था अनुसार सबै जिल्लामा खेल संचालन गरिनुपर्ने, अन्तराष्टिय मान्यता अनुसार खेल खेलाईनुपर्ने जनाएको छ ।