११ स्थानीय तहका विद्यालयमा नर्स कार्यक्रम सुरु हुँदैै

केन्द्रभाग मिडिया

सुर्खेत ।

कर्णाली प्रदेशका ११ वटा स्थानीय तहमा रहेका १०९ वटा विद्यालयमा नर्स राखिने भएको छ । विद्यालय नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा नर्स राखिने भएको हो । विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले यस कार्यक्रमले लिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशका ११ स्थानीय तहका १०९ वटा विद्यालयमा नर्स राखेर यस वर्षदेखि विद्यालय नर्स कार्यक्रम सुरु हुनेछ । जस अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भित्रका २०, भेरीगंगा नगरपालिकाका (१० वटा विद्यालय रहेका छन् । दैलेखको नारायण नगरपालिकाका (१०, कालिकोटको खाँडाचक्र नगरपालिकाका (१० वटा विद्यालय, जुम्लाको चन्दननाथ नगरपालिकाका (५ वटा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका (५ वटा विद्यालय, हुम्लाको सर्केगाड गाउँपालिकाका (४ वटा विद्यालय रहेका छन् ।

त्यस्तै, सल्यानको शारदा नगरपालिकाका (१० वटा विद्यालय, त्रिवेणी गाउँपालिका भित्रका ११ वटा विद्यालय, जाजरकोटको छेडागाड नगरपालिकाक (१४ र रूकुमपश्चिमको मुसिकोट नगरपालिका भित्रका १० वटा विद्यालयमा नर्स राखिने भएको छ । एक विद्यालय एक नर्स कार्यक्रम तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले सुरु गर्नुभएको थियो ।

  • १७ श्रावण २०७९, मंगलवार १३:५१ प्रकाशित