एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ उपाध्क्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक काठमाडौं उपत्यकालगायत देशैभर कोरोना संक्रमण दिनानुदिन बढिरहेका बेला पोखरेललाईसमेत कोरोना संक्रमण देखिएको हो ।

स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि स्वास्थ्य परीक्षणका क्रममा उनलाई सोमबार कोरोना पोजेटिभ देखिएको छ । अस्वस्थ भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेल धापासीस्थित आफ्नै निवासमा आराम गरिरहेका छन् । उनलाई कोरोना संक्रमणसंगै निमोनियाको लक्षण पनि देखिएको बताइएको छ ।

स्वास्थ्य समस्याका कारण प्रदेश १ का एमालेका पूर्व निर्धारित सबै कार्यक्रमसमेत स्थगन भएको एमालेको सचिवालयले जनाएको छ ।

  • १७ श्रावण २०७९, मंगलवार १३:२३ प्रकाशित