साताको दोस्रो दिन आज डलरको भाउ कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा रहेको छ ।

यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६६ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ २९ पैसा र बिक्रीदर १२९ रुपैया ९१ पैसा रहेको छ ।

भने एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा रहेको छ ।यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०७ पैसा रहेको छ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ५० पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८४ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३७ पैसा र बिक्री दर ३४ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ४३ पैसा र बिक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ ।

  • १६ श्रावण २०७९, सोमबार १०:३५ प्रकाशित