गण्डकी प्रदेशमा हालसम्म धान रोपाई ९१.८४ प्रतिशत (कुन जिल्लामा कति ?)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा हाल सम्म ९१.८९ प्रतिशत धान रोपाई भएको छ । यस वर्ष एक लाख ३१० हेक्टरमा धान रोपाई हुने अनुमान गरिएकामा ९२ हजार १२६ हेक्टरमा रोपाई सकिएको कृषि विकास निर्देशनालय गण्डकीका प्रमुख बासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार यस वर्ष सबैभन्दा बढी स्याङ्जामा ९८.०३ प्रतिशत रोपाई भएको छ ।

स्याङ्जामा यस वर्ष १५ हजार ६६ हेक्टर जमिनमा धान खेती गरिने अनुमान गरिएकामा १४ हजार ९०० हेक्टर जमिनमा धान रोपाई गरिएको हो । सबैभन्दा कम तनहुँमा ८२ प्रतिशत रोपाई सकिएको छ । उक्त जिल्लामा आठ हजार ७२० हेक्टर जमिनमा धान रोपाई गरिने अनुमान गरिएकामा सात हजार १५० हेक्टर जमिनमा रोपाई भएको हो ।

लमजुङमा ९४.८४ प्रतिशत रोपाई भएको छ । उक्त जिल्लामा १२ हजार ५०० हेक्टर जमिनमा रोपाई हुने अनुमान गरिएकोमा ११ हजार ८५५ हेक्टर जमिनमा रोपाई भएको हो । गोखरामा ८५ प्रतिशत रोपाई भएको छ । गोखरामा यस वर्ष १० हजार ५०० हेक्टर जमिनमा रोपाई गरिने अनुमान गरिएकामा आठ हजार ९२५ हेक्टर जमिनमा रोपाई भएको छ ।

कास्कीमा ९७ प्रतिशत रोपाई सम्पन्न भएको छ । कास्कीमा यो वर्ष १७ हजार ९४६ हेक्टर जमिनमा रोपाई हुने अनुमानगरिएकामा १७ हजार ४०७.६ हेक्टर जमिनमा रोपाई गरिएको छ । पर्वतमा हाल सम्म ९० प्रतिशत रोपाई सम्पन्न भएको छ । उक्त जिल्लामा सात हजार २२५ हेक्टर जमिनमा धान रोपाई हुने अनुमान गरिएकामा ६ हजार ५०५ हेक्टर जमिनमा धान रोपाई सकिएको हो ।

म्याग्दीमा ८९.०१ प्रतिशत रोपाई सम्पन्न भएको छ । उक्त जिल्लामा तीन हजार ८३० हेक्टर जमिनमा धान रोपाई हुने अनुमान गरिएकामा तीन हजार ४०८ हेक्टर जमिनमा रोपाई सम्पन्न भएको हो । वागलुङ जिल्लामा ८८.३१ प्रतिशत रोपाई भएको छ । उक्त जिल्लामा पाँच हजार ७०७ हेक्टर जमिनमा धान रोपाई हुने अनुमान गरिएकामा पाँच हजार ४० हेक्टर जमिनमा धान रोपाई भएको हो ।

नवलपुरमा हालसम्म ९० प्रतिशत रोपाई सकिएको छ । उक्त जिल्लामा १८ हजार ८१६ हेक्टर जमिनमा धान रोपाई हुने अनुमान गरिएकामा १६ हजार ९३४.४ हेक्टर जमिनमा धान रोपाई सम्पन्न भएको छ । गण्डकीका धान खेती हुने नौ जिल्लामा जम्मा एक लाख ३१० हेक्टर जमिनमा यस वर्ष धान रोपाई गरिने अनुमान गरिएकामा हालसम्म ९२ हजार १२६ हेक्टर जमिनमा रोपाई सम्पन्न भएको छ ।

कृषि विकास निर्देशनालय गण्डकीका प्रमुख बासुदेव रेग्मीका अनुसार यस वर्ष समयमा जति पानी पर्नुपर्ने थियो त्यति पानी नपरेका कारण अघिल्लो वर्षको तुलनामा कम रोपाई भएको छ । पोहोर यो अवधिमा धान रोपाई ९५ प्रतिशत भएको थियो ।

  • १५ श्रावण २०७९, आईतवार २१:३७ प्रकाशित