जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा पठाउने माओवादी केन्द्रको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले अर्थमन्त्रीमा पुनः जनार्दन शर्मालाई पठाउने निर्णय गरेको छ । पार्टीको निर्णइ पछि शर्माले आज पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई शर्मा नाम आझै बुझाउँदैछन् ।

आजै राष्ट्रिपतिबाट शर्माले पद तथा गोपनियताको सपथ लिने जनाइएको छ । शर्मा चालु आर्थिक वर्षको बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति घुसाएको आरोप लागेपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

संसदीय छानबीन समितिले उनलाई दोषि ठहर गर्न नसके पछि शर्मा पुन अर्थमन्त्रालय फर्कन लागेका हुन् ।

  • १५ श्रावण २०७९, आईतवार १३:२३ प्रकाशित