महानगर मेयरहरुको गुनासो : सार्वजनिक खरिद ऐन बाधक बन्यो

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालका महानगर प्रमुखहरुको सम्मेलन मेट्रो मिट नेपाल, पोखरा २०६९ संयुक्त घोषण–पत्र सार्वजनिक गदै सकिएको छ । सम्मेलनले ७ बुदेँ संयुक्त घोषणा–पत्र जारी गरेको छ ।

घोषण पत्र सार्वजनिक कार्यक्रममा बोल्दै महानगरप्रमुखहरुले विकास निर्माणमा सार्वजनिक खरिद ऐन बाधक बनेको बताए ।
भक्तपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले टेण्डर प्रकृया गलत रहेको र यसलाई परिमार्जन गर्नुपर्ने बताए । टेण्डर गर्दा पैसा मात्र हेर्ने हैन, त्यसको क्वालिटी हेर्नुपर्छ, क्वालिटीलाई कसरी मोनिटर गर्ने ? महर्जनले भने ।

टेण्डर पार्न कम्पनीले कम मुल्यमा टेण्डर हाल्ने र त्यसैबाट नाफाको आश गर्ने गरेको भन्दै प्रमुख महर्जनले जसको कारण क्वालिटीको काम हुन नसकेको बताए ।

यस्तै विरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले ठेकेदारका कारण विरगञ्ज महानगरपालिका पनि पिडित रहेको बताए । पप्पू कन्स्ट्रक्सन तर्फ इंगित गदै सिंहले भने, तपाइहरुलाई थाहानै छ, एउटा नामुक ठेकेदार छ, जसले नेपालनै परिसान छ, विरगञ्ज पनि परिसान छ । ७÷८ वर्ष देखी ठेक्का लिएको छ, काम गदैनन् महानगरपालिकाले काम पनि गराउन सक्दैनौँ ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कम रकममा ठेक्का पार्ने मोभिलाईजेशन खर्च लिए पछि काम नगर्ने गलत परिपाटी रहेको बताए । पोखरा महानगरमा ठेक्काका मात्र दुई सय भन्दा बढि मुद्धा रहेको बताए । यीनै मुद्धा लड्नका लागि महानगरमा आवश्यक दरबन्दी नरहेको बताए ।

मेयर सम्मेलनले  घोषणा पत्र मार्फत स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत विभिन्न विषय क्षेत्रसंग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसंगै महानगरपालिकाहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न अनुरोध गर्नेसहित ७ बुँदे संयुक्त घोषणा पत्र जारी भएको हो ।

  • १५ श्रावण २०७९, आईतवार ११:०७ प्रकाशित