पोखरा।
साताको पहिलो दिन (आइतबार) आज डलरको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा रहेको छ ।
डलरको भाउ अस्तिको तुलनामा हिजो र आज घटेको हो । अस्ति शुक्रबार एक डलरको खरिददर १२७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९२ पैसा रहेको थियो भने हिजो एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा रहेको थियो । हिजो र आजको डलरको भाउ भने यथावत् रहेको हो।
यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ २४ पैसा र बिक्रीदर १२९ रुपैया ८५ पैसा रहेको छ ।
भने एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८५ पैसा रहेको छ ।यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८४ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३७ पैसा र बिक्री दर ३४ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ४३ पैसा र बिक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ ।