‘गुलाब’ चक्रवात‍को प्रभाव : वर्षा हुने तर भारी वर्षा नहुने

केन्द्रभाग मिडिया

पोखरा

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।

बंगालको खाडीमा गहिरो न्यून चापिय क्षेत्र बन्न शुरु भई ९ असोजमा बनेको ‘गुलाब’ नामक शक्तिशाली चक्रवात‍को असर नेपालमा सामान्य पर्ने देखिएको छ ।

उक्त चक्रपात हाल पश्चिम दिशा तर्फ अगाडि बढिरहेको छ । यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिक देखि सामान्य बदलीको अवस्था आउन सक्ने जल तथा मौसम पूवानुमान महाशाखाले गरेको छ ।

महाशाखाले गुलाबका कारण देशमा भारी वर्षा हुने संभावमा भने न्यून रहेको जानकारी दिएको छ । हाल देशभर आँशिक देखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

  • १२ आश्विन २०७८, मंगलवार ०७:२१ प्रकाशित