पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार पछिल्लो केही दिन देखि बेलायती पाउण्डको भाउ उकालो लाग्न थालेको छ ।अस्ति भन्दा हिजो र हिजो भन्दा आज पाउण्डको भाउ बढेको छ ।
साताको अन्तिम दिन आज (शुक्रबार) बेलायती पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५५ रुपैयाँ २० पैसा रहेको छ । हिजो बेलायती पाउण्ड एकको खरिदर १५३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६१ पैसा रहेको थियो।यस्तै अस्ति पाउण्ड एकको खरिदर १५२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४८ पैसा रहेको थियो ।
यस्तै आज एक डलरको खरिददर १२७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९२ पैसा रहेको छ ।आज एक युरोको खरिददर १२९ रुपैयाँ २७ पैसा र बिक्रीदर १२९ रुपैया ८८ पैसा रहेको छ ।
भने एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ०० पैसा र बिक्रीदर ८९ रुपैयाँ ४२ पैसा रहेको छ ।यस्तै सिंगापुर डलरको खरिददर ९२ रुपैयाँ १३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ५६ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४ रुपैयाँ ०६ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर ३४ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ५९ पैसा र बिक्रीदर २८ रुपैयाँ ७३ पैसा रहेको छ ।