अपांगता भएका व्यक्तिहरुका लागि पोखरा महानगरले दियो छुट्टै गाडी

केन्द्रभाग मिडिया

पोखरा ।

अपांगता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहुँच वृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले  एक कार्यक्रमका बीच बिहीबार केन्द्रका अध्यक्ष हेम गुरुङलाई गाडी हस्तान्तरण गरेका हुन् ।

गाडी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख आचार्यले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक अपांगता भएका व्यक्तिहरुको जीवन सरल बनाउने कार्यमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गरे । स्थानीय सरकार हरेक नागरिकहरुको साथमा रहेको भन्दै उनले गाडीको सदुपयोग हुनुपर्नेमा जोड दिए ।

स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) का अध्यक्ष हेम गुरुङले अति र पूर्ण अपांगता भएका व्यक्तिहरुका लागि सार्वजनिक यातायात पहुँचयुक्त नभएका बेला पोखरा महानगरपालिकाले उपलब्ध गराएको उक्त गाडीलाई पूर्ण सहदुपयोग गर्ने बताए । उनका अनुसार गाडीको पछाडी लिफ्ट समेत जडान गरि अति र पूर्ण अपांता भएका व्यक्तिको पहुँच विस्तार गरिने छ । महानगरपालिकाले १८ सिट क्षमताको एउटा विंगर गाडी हस्तान्तरण गरेको हो ।

  • १२ श्रावण २०७९, बिहीबार १८:४१ प्रकाशित