आज पाउण्ड बढ्यो : यूरो र डलरको भाउ कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज(बिहीबार) बेलायती पाउण्डको भाउ बढेको छ ।

आज बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६१ पैसा रहेको छ। हिजो बेलायती पाउण्ड एकको खरिदर १५२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४८ पैसा रहेको थियो ।

यस्तै आज एक डलरको खरिददर १२७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२८ रुपैयाँ १४ पैसा रहेको छ ।आज एक युरोको खरिददर १२९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३० रुपैया ०५ पैसा रहेको छ ।

भने एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९८ पैसा रहेको छ ।यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा रहेको छ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३४ रुपैयाँ १२ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७४ पैसा रहेको छ ।

  • १२ श्रावण २०७९, बिहीबार ०९:३० प्रकाशित