महंगीविरुद्ध राप्रपाद्धारा तेस्रो चरणको आन्दोलनको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले महंगी विरुद्ध तेस्रो चरणको आन्दोलन गर्ने तयारी गरेको छ ।

महंगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको वास्ता नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो ।

बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो । काठमाडौंको भृकुटीमण्ड, लतिपुर, भक्तपुर लगायत मुख्य शहरमा पनि बिरोध प्रदर्शन गरेको राप्रपाले जनाएको छ ।

विरोध प्रदर्शनपछि सञ्चारकर्मीहरुसँग बोल्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष एवं राप्रपा नेतृ अञ्जना रावलले आफूहरुले सरकारलाई बढ्दो महंगीको बारेमा ध्यानाकर्षण गराइसकेको तर सरकारले कुनै चासो नदेखाएकोले शान्तिपूर्ण रुपमा दोस्रो चरणको आन्दोलन आजबाट शुरु गरेको बताइन्।

उनले संगठनले आज शान्तिपूर्ण रुपमा थाल ठटाएर आन्दोलन गरेको र आगामी दिनमा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइन्।

  • ११ श्रावण २०७९, बुधबार १५:५९ प्रकाशित