पोखरा ।
आफ्नै पार्टी नेतृत्वको गण्डकी सरकारविरुद्ध नेपला विद्यार्थी संघ (नेविसंघ) कास्कीले पोखरामा प्रदर्शन गरेको छ । सवारी नविकरणको जरिवान शुल्क अत्याधिक बृद्धि गरेको भन्दै नेविसंघले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निवासको गेटमा प्रदर्शन गरेको हो ।
सरकारले सवारी साधनमा २५ प्रतिशतबाट बढाएर २०० प्रतिशत कर बढाएको छ ।
सरकारविरुद्ध चर्को नारावाजी गरेका प्रदर्शनकारीले मुख्यमन्त्रीको राजीनामा मागेका छन् । करबृद्धि फिर्ता गर, नविकरणको जरिवाना शुल्क फिर्ता गर, भौतिक मन्त्री होसियार, जनविरोधी कर फिर्ता गर, गण्डकी सरकार होसियार, कर बृद्धि मान्दैनौँ, लुटेरा सरकार होसीयार, मुख्यमन्त्री राजीनामा दे, नालायक सरकार मुर्दावाद भन्दै नाराबाजी गरेका थिए ।
चौतर्फी आलोचनापछि गण्डकी प्रदेश सरकार सवारी करमा दोब्बर जरिवाना गर्ने निर्णयबाट पछि हटेको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले तत्काल जरिवाना बापतको रकम नउठाउन यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिइसकेको छ भने जनतालाई जरिवाना कम पर्ने गरी व्यवस्था सच्याउने प्रक्रिया पनि अगाडि बढाएको छ ।