आज कुन मुद्रा बढ्यो , कुन घट्यो ?सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार अन्य देशका मुद्रादरको तुलनामा कुवेत र बहराइनको मुद्रादर उच्च छ ।

आज साताको चौथो दिन बुधबार कुवेत एक डिनारको खरिदर ४१४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४१६ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै बहराइन डिनार एकको खरिददर ३३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ४१ पैसा रहेको छ ।

यस्तै आज एक डलरको खरिददर १२७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९६ पैसा रहेको छ ।आज एक युरोको खरिददर १२९ रुपैयाँ २१ पैसा र बिक्रीदर १२९ रुपैया ८२ पैसा रहेको छ ।

यस्तै आज बेलायती पाउण्ड एकको खरिदर १५२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४८ पैसा रहेको छ । भने एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा रहेको छ ।

यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ५१ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०५ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७२ पैसा रहेको छ ।

  • ११ श्रावण २०७९, बुधबार ०९:४० प्रकाशित